तत्काल बार्सिलोनाको प्रशिक्षण सम्हाल्ने सम्भावना छैनः जाभी

बार्सिलोना, (खेलाडी)- स्पेनिस ला लिगा क्लब बार्सिलोनाका पूर्व मिडफिल्डर जाभी हर्नान्डेजले तत्काल क्याम्प नोउमा प्रशिक्षकको रुपमा फर्किने सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् ।

अगस्ट सन् २०२० मा रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षण सम्हाल्नु अघि जाभी पनि सम्भावित प्रशिक्षकको दाबेदार रहेका थिए ।

यस सिजन बार्सिलोनाले स्वभाविक प्रदर्शन गर्न सकिरहेको छैन । लगातारको खराब नतिजापछि कोम्यानको बर्हिगमनको आवाज उठिरहेको छ । केही समर्थकले भने जाभीलाई प्रशिक्षकका रुपमा भित्राउनु पर्ने बताउँदै आएका छन् ।

‘कुनै पनि प्रस्तावको मुल्यांकनपछि मात्रै एक निर्णयमा पुगिन्छ । मलाई थाहा छैन मेरो भविष्य कता छ । तर म सबै सम्भावनाका लागि उपलब्ध छु,ְ’ जाभीले भने ।

 ४१ वर्षिय जाभीले सन् १९९८ देखी २०१५ सम्म बार्सिलोनाबाट पाँच सय पाँच खेल खेलेका थिए ।