ब्राजिलको जित यात्रामा पूर्णविराम

रियो दि जेनेरियो, (खेलाडी)- कोलम्बियासँग गोलरहित बराबरीमा रोकिएपछि विश्वकप छनोटमा ब्राजिलको शतप्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ ।

कोपा अमेरिकाको उपविजेता ब्राजिलले यसअघि खेलिएका नौ खेलमा शतप्रतिशत जित हात पारेको थियो । तर साेमबार कोलम्बियाविरुद्ध भने ब्राजिलले स्वभाविक लय भेट्टाउन सकेन ।

यस बराबरीपछि १० खेलमा २८ अंकका साथ ब्राजिल शीर्ष स्थानमा छ भने कोलम्बिया १३ अंक जोड्दै पाँचौ स्थानमा छ ।

कोलम्बियाले विश्वकप छनोटमा बिहिबार इक्वेडरको सामना गर्दैछ भने ब्राजिलले शुक्रबार उरुग्वेविरुद्ध खेल्दैछ । 

दक्षिण अमेरिकी छनोटबाट शीर्ष चार टोलीले कतार विश्वकप २०२२ को टिकट पक्का गर्नेछन् ।