कोम्यानमाथी विश्वास गर्नुपर्छः लार्पोटा

बार्सिलोना, (खेलाडी)- स्पेनिस ला लिगा क्लब बार्सिलोनाका अध्यक्ष जोन लार्पोटाले रोनाल्ड कोम्यान प्रशिक्षक रहनु गर्विलो कुरा भएको र आफुहरुले उनीमाथी विश्वास गर्नुपर्ने बताएका छन् । 

लगातार खराब नतिजा ल्याएपछि कोम्यानलाई बर्खास्त गर्नु पर्ने आवाज उठिरहँदा लार्पोटा उनकाे बचाउँमा उत्रिएका हुन् ।

‘हामीले कोम्यानलाई निरन्तरता दिने निर्णय गरेका छाै‌ । हामीले सोचेअनुरुपको नतिजा नआएकाले प्रशिक्षकसँगै सबैजना निराश छन्,’ लार्पोटाले भने, ‘तर उनी क्लबमा केहि राम्रो गर्न चाहन्छन् । लार्पोटा र क्लबबिचको सम्झौता अझै बाँकी छ । म यो निर्णयबाट खुसी छु ।’