युरोपियन च्याम्पियनसिप २०२४ खेल तालिका अक्टोबर २०२२ मा सार्वजनिक गरिने

नियोन, (खेलाडी)- सन् २०२४ मा हुने युरोपियन च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक कार्यक्रम जर्मन सहर फ्र्यांकफटमा हुने भएको छ । 

युइएफएले बिहीबार विज्ञप्तीमार्फत च्याम्पियनसिप छनोटको तालिका अक्टोबर नौं २०२२ मा गर्ने जनाएको छ । 

छनोट चरणमा सहभागी ५४ टोलीलाई प्रत्येक समूहमा पाँच वा ६ टोली रहने गरि १० समूहमा विभाजनको तयारी गरे पनि युइएफएले छनोटको आधिकारिक संरचना भने सार्वजनिक गरिसकेको छैन । छनोट चरणका खेलहरु सन् २०२३ को मार्च देखि नोभेम्बरसम्म हुनेछ ।

आयोजक जर्मनीसहित प्रत्येक समूहका शीर्ष दुई टोली स्वतः प्रतियोगिताका लागि छनोट हुनेछन् । बाँकी तीन टोली भने प्लेअफ बाट छनोट हुनेछन् ।