फुटबल
इङल्यान्डकाे अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक महिला रेफ्री
लन्डन, (खेलाडी)- युक्रेनी महिला रेफ्री कार्टेना मोन्जुलले पहिलो पटक इङल्यान्ड पुरुष टोलीको खेल संचालन गर्ने भएकी छिन् ।
मोन्जुलले शनिबार विश्वकप छनोट अन्तर्गत इङल्यान्ड र एन्डोराबीचको खेलमा रेफ्री गर्नेछिन् ।
इङ्ल्यान्डमा पहिलो पटक पुरुष राष्ट्रिय फुटबल टोलीकाे अन्तर्राष्ट्रिय खेल महिला रेफ्रीले खेलाउन लागेकी हुन् ।
मोन्जुलको नेतृत्वमा मार्यना स्टेलेट्सा र सेभिटलाना ग्रुस्कोले सहायक रेफ्रीको भूमिका निर्वाह गर्नेछन् ।
४० वर्षीया मोन्जुलले गत वर्ष नेसन्स लिग अन्तर्गत सान मारिनो र जिब्राल्टरको खेल संचालन गरिसकेकी छिन् ।
सन् २०१६ मा मोन्जुल युक्रेनमा पुरुषको शीर्ष लिग खेलाउने पहिलो महिला रेफ्री भएकी थिइन् । त्यसका साथै उनले महिला विश्वकप र युरोपियन च्याम्पियनसिपका खेल पनि खेलाएकी थिइन ।