टोटनहमको जित, लेस्टर बराबरीमा रोकियो 

लन्डन, (खेलाडी)-  म्याट टार्गेटको आत्मघाती गोल उपहारमा टोटनहमले आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लालाई २–१ ले हराएको छ ।

२७औं मिनेटमा पियरी होइजबर्गको गोलमा टोटनहमले अग्रता लिएको थियो । ६७औं मिनेटमा ओल्ली वाटकिन्सले एस्टन भिल्लालाई खेलमा फर्काएका थिए । खेल सकिन ११ मिनेट बाँकी रहँदा एस्टन भिल्लाका टार्गेटले आत्मघाती गोल गर्दा टोटनहमले जित पक्का गरेको थियो ।

यस जितपछि सात खेलमा १२ अंक जोडेको टोटनहम आठौै स्थानमा छ जुन शीर्ष स्थानको चेल्सी भन्दा चार अंक कम हो ।

प्रिमियर लिग अन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हमले  ब्रेन्टफोर्डलाई २-१ ले हरायो ।

क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ को बराबरी खेले ।