पिएसजीको अपराजित यात्रामा पूर्णविराम            

  पेरिस, (खेलाडी)- पेरिस सेन्ट जर्मन (पिएसजी) को जारी सिजन लिग वानमा अपराजित यात्रामा पूर्णविराम लागेको छ ।

आइतबार भएको खेलमा पिएसजी रेनिससँग् २–० ले स्तब्ध भएको हो । अर्जेन्टिनी स्टा्रइकर लियोनल मेसीको आगमनपछि पिएसजीको यो पहिलो हार थियो ।

मेसीसहित नेइमार र केलियन एम्बाम्पेलाई मैदान उतारेपनि पिएसजीले रेनिसको पोस्टमा सम्झनलायक प्रहार गर्न सकेन ।

अप्रिलपछि लिग वानमा पिएसजीको यो पहिलो हार हो । अप्रिलमा पिएसजी लिलेसँग पराजित भएको थियो ।

पिएसजी नौ खेलमा २४ अंकका साथ लिग वानको शीर्प स्थानमा यथावत छ ।