जमर्न फुटबल

हाभर्टज र स्लोटरबेकले बेल्जियमविरुद्धको खेल गुमाउने

काठमाडौं । फरवार्ड काई हाभर्टज र रक्षक निको स्लोटरबेकले बेल्जियमविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।

इङ्लिस क्लब चेल्सीका हाभर्टज बिरामी भएर तथा जर्मन क्लब बोरुसिया डर्टमन्डका स्लोटरबेक तिघ्राको चोटका कारण जर्मन टोलीबाट बाहिरिएका हुन् ।

दुवै खेलाडीले शनिबार राति पेरुविरुद्ध खेलेका थिए । जर्मन फुटबल संघले आइतबार उनीहरू आफ्नो क्लब फर्किसकेको पुष्टि गरेको छ।

जर्मनीका मुख्य प्रशिक्षक हान्सी फ्लिकले कोलोनस्थित रेइनएनर्जी स्टेडियनमा हुने मैत्रीपूर्ण खेलका लागि उनीहरुको स्थानमा कुनै पनि खेलाडी नबोलाइएको बताएका छन् ।

बेल्जियम पनि स्पेनिस क्लब रियाल मड्रिडका गोलकिपर थिबाउट कोर्टोइसबिना नै मैदान उत्रिनेछ । उनी युरो कप छनोट अन्तर्गत स्विडेनविरुद्धको खेलमा घाइते भएका थिए ।