युरोपियन च्याम्पियनसिप २०२४ को छनोट

रोनाल्डोको अनुभवले विशेष अर्थ राख्छः मार्टिनेज

लिस्बन । पोर्चुगलका प्रशिक्षक रोबेर्टो मार्टिनेजले स्ट्राइकर क्रिस्टियानो रोनाल्डो अझै पनि उच्च लयमा रहेको र उनको अनुभवले टोलीको सफलतमा ठूलो अर्थ राख्ने बताएका छन ।

पोचुगलले आइतबार युरोपियन च्याम्पियनसिप २०२४ को छनोट चरणअन्तर्गत लक्जम्बर्गमाथि ६-० को जित निकाल्दा ३८ वर्षका रोनाल्डोले दुई गोल गरेका थिए । पोर्चुगलका लागि याओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो र राफेल लियोले समान एक गोल गरे ।

‘रोनाल्डो धेरै अनुभवी खेलाडी हुन’, मार्टिनेजले भने, ‘उनले एक सय १९८ खेल खेलका छन । टोलीमा उनकोजस्तो धेरै खेल कसैले पनि खेलेको छैन । उनको अनुभवले टोलीमा विशेष अर्थ राख्छ ।’

‘हामीले आज धेरै राम्रो खेल्योै, आफ्नो आक्रामक रणनितीलाई सफल बनायौ, ’उनले थपे, ‘हामीले पछिल्लो दुई खेलमा समान प्रदर्शन गरिरहेका छौ ।’

समूह जे मा शीर्ष स्थानको पोर्चुगलको दुई खेलमा ६ अंक छ भने समान खेलमा दोस्रो स्थानको स्लोभाकियाको चार अंक छ ।

पोर्चुगलले तेस्रो खेलमा जुनमा बोस्निया–हर्जगोभिनाको सामना गर्नेछ ।