विराट गोल्ड कप

भारतको लुका सकर क्लब सेमिफाइनलमा

काठमाडौं । नेपालको संकटा क्लबलाई पेनाल्टी सुटआउटमा ८-७ ले पराजित गर्दै भारतको लुका सकर क्लब सातौं विराट गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

विराटनगरको सहित रंगशालामा आइतबार निर्धारित र अतिरिक्त समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टीमा लुकाका लागि चार्ल्स, कप्तान मोहम्मद अर्साद, यामुद्दिन, पल ओपारे, फैजान र अबु लालाले गोल गरे । संकटाका लागि जुनियर, कप्तान कुलदीप यादव, सुरज ज्यु ठकुरी, चन्दन दास, दीपक सिंह, नेल्सन र रोशन पहारीले गोल गर्दा अनिश महर्जनको प्रहार लुकाका गोलरक्षक मोहम्मद सन्फिरले बचाए ।

यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पनि पूरा भएको छ । सोबार हुने पहिलो सेमिफाइनलमा घरेलु टोली विराटनगर सिटी एफसीले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

यसैगरी मंगलबार हुने दोस्रो सेमिफाइनलमा लुकाले विभागीय टोली नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।