युरोपियन च्याम्पियनसिप २०२४ को छनोट

वेल्स र क्रोएसियाको बराबरी

वेल्स । नाथन ब्रोडहेडले अन्तिम समयमा गरेको गोलमा वेल्सले शनिबार क्रोएसियासँग १-१ को बराबरीसहित युरोपियन च्याम्पियनसिप २०२४ को छनोट यात्राको सुरुआत गरेको छ । वेल्सले कप्तान तथा सर्वकालिन खेलाडी गारेथ बेलको संन्यासपछि पहिलो खेल खेलेको हो ।

समूह डी मा क्रोएसियालाई अघिल्लो चरण प्रवेश गर्ने दाबेदार टोलीको रुपमा हेरिएको छ । समूह डीमा वेल्स र क्रोएसियासँगै लट्भिया,अर्मेनिया र टर्की रहेका छन ।

२८औं मिनेटमा आन्द्रेज कामारिचको गोलमा क्रोएसियाल अग्रता लिएको थियो । तर इन्जुरी समयका सम्हालिन नसक्दा क्रोएसिया अंक बाँड्न बाध्य भएको हो । इन्जुरी समयको तेस्रो मिनेटमा ब्रोडहेडले वेल्सलाई खेलमा फर्काएका थिए ।

वेल्सले पछिल्लो नौ खेलमा जित भने निकाल्न सकेको छैन । पछिल्लो पटक वेल्सले जुनमा विश्वकप छनोटमा युक्रेनलाई हराएको थियो ।

समूह डी को अर्कोे खेलमा टर्कीले अर्मेनियालाई २-१ ले पराजित गरेको थियो ।