मोरक्को

ब्राजिलमाथि मोरक्कोको जित

रियो दि जेनेरियो । अन्तरिम प्रशिक्षक रोमन मिनिजेको प्रशिक्षणको पहिलो खेलमै ब्राजिल आइतबार मोरक्कोसँग २-१ ले पराजित भएको छ । 

कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा ब्राजिल क्रोएसियासँग पेनाल्टी सुटआउटमा निराश भएको थियो । सो हारपछि तत्कालिन प्रशिक्षक टेटेले राजिनामा दिएका थिए । टेटेको राजिनामापछि मिनिसेजले अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका थिए । 

२९औं मिनेटमा सोफियान बोफलले गरेको गोलमा मोरक्कोले अग्रता लिएको थियो । ६७औं मिनेटमा कासिमेराको गोलमा ब्राजिल खेलमा फर्किएको थियो । ७९औं मिनेटमा अब्देल हामिद साबिरीको गोलमा मोरक्कोले पुनः अग्रता लिएको थिया । सो गोल मोरक्कोको जितमा पर्याप्त बन्यो । 

कतार विश्वकपमा सेमफाइनलसम्मको यात्रा पक्का गर्दै सबैलाई आश्चर्यमा पारेको मोरक्कोले ब्राजिलमाथिको जितसँगै आफ्नो उच्च लय अझै कायम रहेको प्रमाणित गरेको छ । 

मोरक्कोले मंगलबार पेरुलाई आतिथ्य गर्नेछ ।