कासिमिरो

कासिमिरो ब्राजिलको कप्तान

काठमाडौं । मोरोक्कोविरुद्ध आइतबार हुने मैत्रीपूर्ण खेलमा ब्राजिलको कप्तानी मिडफिल्डर कासिमिरोले सम्हाल्ने भएका छन् ।

नियमित कप्तान तथा रक्षक थियागो सिल्भाको अनुपस्थितिमा अन्तरिम प्रशिक्षक रामोन मेनेजेसले कासिमिरोलाई कप्तानको जिम्मेवारी प्रदान गरेका हुन् । सिल्भा चोटका कारण मैदान बाहिर छन् ।

मोरोक्काले कतार विश्वकप २०२२ को सेमिफाइनलसम्मको यात्रा तय गर्दा ब्राजिल क्वार्टरफाइनलमा क्रोएसियासँग पेनाल्टी सुटआउटमापराजित भएको थियो ।

गएको जुलाई ट्रान्सफर विन्डोमा स्पेनिस क्लब रियाल मड्रिडबाट इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका ३१ वर्षीय कासिमिरोले उच्च प्रदर्शन गरिरहेका छन् ।