जर्मन बुन्डेसलिगा

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले थोमस टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बायर्नले जुलियन नागेल्सम्यानलाई बर्खास्त गर्दै टुचेललाई दुई वर्षको सम्झौतमा मुख्य प्रशिक्षको जिम्मेवारी दिएको हो ।

नोगेल्सम्यानको प्रशिक्षमा बार्यनले लिगमा ६९ खेल खेल्दा ३९ जित, १२ बराबरी र आठ हारको नतिजा निकालेको थियो ।

साविक विजेता बायर्न जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा छ । बायर्न शीर्ष स्थानको डर्टमन्ड भन्दा एक अंकले पछाडी छ ।

४९ वर्षीय जर्मन प्रशिक्षक टुचेललाई  गत सेप्टेम्बरमा इङ्लिस क्लब चेल्सीले बर्खास्त गरेको थियो । 

टुचेल ६ वर्षपछि बुन्डेसलिगा फर्किएका छन् । उनले पछिल्लो पटक सन् २०१५ देखि २०१७ सम्म बोरुसिया डर्टमन्डको प्रशिक्षण सम्हालेका थिए ।