किलियन एमबाप्पे

एम्बाप्पे फ्रान्सको नयाँ कप्तान

काठमाडौं । स्टार स्ट्राइकर केलियन एम्बाप्पे फ्रान्सको नयाँ कप्तान बन्ने भएका छन् । नियमित कप्तान तथा गोलरक्षक हुगो लोरिसले कतार विश्वकपपछि संन्यास लिँदा फ्रान्स कप्तान विहिन छ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)का २४ वर्षीय अट्याकर एम्बाप्पेले प्रशिक्षक डिडियर डेस्चाम्पस्को आग्रह स्विकार गरेका छन् ।

टोटनहमका ३६ वर्षीय गोलकिपर लोरिसले जनवरीमा फाइलन हारेपछि संन्यास लिएका थिए । अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउमा पराजित गर्दै तेस्रोपटक विश्वकप ट्रफी उचालेको थियो । 

फाइलन पछि म्यानचेस्टर युनाइटेडका रक्षक राफेल भरानेले पनि सन्यास लिएका छन् ।

एट्लेटिको मड्रिडका अट्याकर एन्टोइन ग्रिजम्यान उपकप्तानमा नियुक्त भएका छन् । एम्बाप्पेले राष्ट्रका लागि ६६ खेल खेलको छन् । एम्बाप्पले आफ्नो कप्तानीमा पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध हुनेछ । 

यो खेल युरो २०२४ छनोट अन्तर्गत शुक्रबार हुनेछ ।