ब्राजिल

रिचार्लिसन र मार्किन्होस ब्राजिल टोली बाहिर

काठमाडौं । इङ्लिस क्लब टोटनहमका स्ट्राइकर रिचार्लिसन र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का रक्षक मार्किन्होस दुबैले मोरक्कोविरुद्धको खेल गुमाउने भएका छन् । ब्राजिलले मार्च २५ मा मोरक्कोसँग  खेल्दैछ ।

मोरक्कोविरुद्ध स्टार खेलाडी नेयमार उपलब्ध हुने या नहुने टुंगो लागेको छैन । चिकित्सकले मैदान उपलब्ध हुन केहि दिन लाग्ने बताएका छन् । तीन खेलाडी चोट हुँदा ब्राजिलले नयाँ खेलाडीलाई अवसर दिने भएको छ ।

पाँच पटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकपको क्वार्टरफाइलनबाट बाहिरिएपछि पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । २५ वर्षीय रिचार्लिसन आइतबार साउथह्याम्पटनविरुद्ध ३–३ गोलको बराबरी खेल्दा घाइते भएका थिए ।

‘राष्ट्रिय टोलीका चिकित्सक रोड्गिो लास्मारले रिचार्लिसनसँग सम्पर्क गरेका छन् । उनी मैदानमा खेल्न फिट हुने छैनन्,’ ब्राजिलियन फुटबल कम्फेडेरेसनले विज्ञप्तीमा भनेको छ । २८वर्षीय मार्किन्होस समेत घाइते छन् ।

कार्यवहाक प्रशिक्षक रोमन मेनेजसले २२ वर्षीय युवा खेलाडी युरी अल्वेर्टाेलाई साओ पाउलोबाट रिचार्लिसनको स्थानमा झिकाएका छन् । यसैगरी २६ वर्षीय युभेन्ट्सका खेलाडी ब्रेमरले मार्किन्होसको स्थान लिनेछन् । ब्रेमरले कतार विश्वकप खेलेका छन् भने युरीको पहिलो क्याप हुनेछ ।


मेनेजसले यसअघि ब्राजिलेको यु२० टोली हेरेका थिए । उनको प्रशिक्षणमा ब्राजिल अपराजित रहँदै दक्षिण अमेरिकन च्याम्पियन बन्न सफल भएको थियो ।

यता, अफ्रिकन राष्ट्र मोरक्को कीर्तिमान रच्दै पहिलो पटक सेमिफाइलनल यात्रा गरेको थियो । कुनै पनि अफ्रिकन राष्ट्र सेमिफाइलनमा पुगेको पहिलो पटक थियो ।

मोरक्कोले बलात्कार आरोप लागेका अर्चराफ हाकिमीलाई समावेश गर्दै टोली घोषणा गरेको छ ।