युराेपा लिग

समर्थकलाई ४० वर्ष प्रतिबन्ध

काठमाडौं । डच क्लब पिएसभीका एक समर्थकलाई मैदान प्रवेशमा ४० वर्ष प्रतिबन्ध गरिएको छ । युरोपा लिगअन्तर्गत स्पेनिस क्लब सेभियाका गोलकिपर मार्काे मिट्रोभिचलाई मैदान प्रवेश गरि हातपातमा उत्रिएपछि समर्थकलाई कारबाही गरिएको छ ।

२० वर्षीय समर्थक यसअघि समेत यस्तै प्रतिबन्धमा परेका थिए । राष्ट्रिय रंगशालमा उनलाई तीन महिना प्रतिबन्ध गरिएको थियो । यसैगरी उनलाई पछिल्लो हर्कतपछि पिएसभीले घरेलु मैदानमा दुई वर्ष प्रवेश गर्न नपाउने कारबाही सुनाएको छ ।

यसैगरी डच क्लबले ती समर्थकलाई आर्थिक कारबाही गर्न प्रक्रिया थालेको छ । यहि घटनापछि सुरक्षाको कारण देखाउँदै पिएसभीलाई समेत युइएफएले ठूलो जरिवाना तिराउन सक्ने बुझिने बिसिसीले जनाएको छ ।

पिएसभीका अनुसार सन् २०२६ सम्म राष्ट्रिय मैदानमा प्रतिबन्ध बेहोरेका २० वर्षीय युवाले साथीको टिकट प्रयोग गरेका थिए । उनलाई डच फुटबल एसोसियसनले प्रतिबन्ध लगाएको थियो ।

मिट्रोभिच आक्रामणमा परेपनि मैदानमा पूरा समय रहे । खेल सेभियाले २–० ले हार्याे । तर, समग्रमा ३–२ले विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सेमिफाइलन प्रवेशका लागि ६ पटक च्याम्पियन सेभियाले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।