तिलोत्तमा गोल्डकप

फ्रेन्ड्स सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबलाई २-१ ले पराजित गर्दै फ्रेन्ड्स क्लब बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सलाई जित दिलाउन डोना थापा र राफियो यमोनीले गोल  गरे। एपिएफका लागि विरेन्द्र यादवले एक गोल फर्काए ।

फ्रेन्ड्स क्लबले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी  र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्ने छ । मनाङ र पुलिसको खेल मंगलबार हुने छ ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा दुई विभागीयसहित आठ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।