साफ महिला यु-१७ च्याम्पियनसिप

नेपाल भारतसँग पराजित

काठमाडौं । साबिक विजेता नेपाल दक्षिण एसियाली फुटबल महसंघ (साफ) महिला यु-१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतसँग ४-१ ले पराजित भएको छ ।

यस जितसँगै भारतले तीन अंक जोड्दा नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल स्टेडियममा भारतलाई जित दिलाउन शिल्जी शाजीले ह्याट्रिक पूरा गर्दा पुजाले एक गोल गरिन् । नेपालका लागि वर्षा ओलीले एक गोल फर्काइन् ।

खेलको १० औं मिनेटमा शिल्जीको गोलमार्फत भारतले अग्रता लिएको थियो । ४० औं मिनेटमा शिल्जीले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

४१ औं मिनेटमा पुजाले गोल गरेपछि भारतले पहिलो हाफमा ३-० को आरमदायी अग्रता लिएको थियो ।

५४ औं मिनेटमा वर्षाले गोल गर्दै खेललाई ३-१ को स्थितीमा आयो । ८१ औं मिनेटमा शिल्जीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को सहज जित दिलाइन् ।

दोस्रो खेलमा नेपालले बुधबार भुटानको सामना गर्नेछ ।