स्पेनिस ला लिगा

रोबर्टाे अरु खेलाडीका लागि प्रेरणाका स्रोत हुन्ः प्रशिक्षक जाभी

मड्रिड । बार्सिलोनाका प्रशिक्षक जाभियर हर्नान्डेज(जाभी) ले स्पेनिस मिडफिल्डर सर्जी रोबर्टा अरु खेलाडीका लागि प्रेरणाको स्रोत रहेकाे बताएका छन् ।  

बार्सिलोनाले ला लिगा अन्तर्गत आइतबार रियाल मड्रिडमाथि क्याम्प नोउमा २-१ को जित दर्ता निकाल्दा रोबर्टाेले एक गोल गरेका थिए ।

बार्सिलोनाका रोनाल्ड अराउजोको आत्मघाती गोलमा खेलको नौं मिनेटमै रियालले खेलमा अग्रता बनाएको थियो । ४५ औं मिनेटमा रोबर्टाेले गोल गर्दे बार्सिलोनालाई खेलमा फर्काएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा फ्यांक्र केस्सीले गोल गर्दै बार्सिलोनाकोलाई २-१ को रोमाञ्चक जित दिलाएका थिए ।

पेड्रीको अनुपस्थितीमा मिडफिल्ड सम्हालेक रोबर्टाेले उत्कृष्ट प्रर्दशन गरेको भन्दै जाभीले प्रशंसा गरेका छन् ।

‘रोबर्टोको बारेमा बयान गर्न मसंग कुनै शब्द नै छैन । यदी रोबर्टो अर्का कुनै टोलीमा हुन्थ्ये भने उनको महत्व निक्कै हुने थियो । तर, यहाँ आलोचना भइरहेको छ । यो क्लबको लागि दुर्भाग्य हो’, जाभीले भने,‘रोबर्टो अन्य खेलाडीका लागि प्रेरणाका स्रोत हुन् । ’

रोबर्टाेले ला लिगाका १७ खेलमा चार गोल गर्दै एक गोलका लागि असिस्ट पनि गरेका छन् । 

शीर्ष स्थानको बार्सिलोनाले लिगमा साबिकको विजेता रियालसँग १२ अंकको अग्रता कायम गरेको छ ।