साफ च्याम्पियनसिप

साफ च्याम्पियनसिप बैंग्लोरमा हुने

काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता दक्षिण एसियाली फुटबल महसंघ (साफ) च्याम्पियनसिप आगामी जुन २१ देखि जुलाई तीनसम्म भारतको बैंग्लोरमा हुने भएको छ ।

प्रतियोगिता आयोजनाको जिम्मा पाएको भारतीय फुटबल महासंघका अध्यक्ष कल्यान चोबेले आइतबार मिति घोषणा गरेका हुन् । च्याम्पियनसिपका खेलहरु श्री कान्तिभरा स्टेडियमा हुनेछ ।

गत महिना दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप भारतमा गर्ने निर्णय गरे पनि मिति र स्थान टुङ्गो लागेको थिएन ।

साफ च्याम्पियनसिप २०२३ मा दक्षिण एसियाका सबै टिमले सहभागिता जनाउने अपेक्षा छ । तर श्रीलंका फुटबललाई भने हाल फिफाले निलम्बन गरेको छ ।

भारतीय फुटबल महासंघका अनुसार सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने र प्रत्यक समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताको ‘ड्र’का लागि छिटै मिति घोषणा गरिने पनि महासंघले जनाएको छ ।

१३ औं संस्करणको साफ २०२१ मा माल्दिभ्समा भएको थियो । नेपाल गत संस्कणको उपाधि भिडन्तमा भारतसँग पराजित भएको थियो । यो नै नेपालले हासिल गरेको सबैभन्दा ठूलो उपलब्धी हो ।