तिलोत्तमा गोल्ड कप

थ्री स्टार सेमिफाइनलमा

फाइल तस्बिर

काठमाडौं । हिमालयन शेर्पा क्लबलाई १-० ले पराजित गर्दै थ्री स्टार क्लब २२ औं तिलोत्तमा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न खेलमा दिपेश गुरुङले गरेको एक मात्र गोल थ्री स्टारको जितमा निर्णायक बनेको थियो । निर्धारित समय सकिनु ५ मिनेट पेनाल्टी क्षेत्रबाट दिपेशले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

थ्री स्टारले बुधबार हुने सेमिफाइनलमा सुदूरपश्चिम ११ स्पोर्टस क्लबको सामना गर्नेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार एक सय ११ तथा उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडीले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।