लिगा वानमा रोहितको गोल

काठमाडौं, (खेलाडी)- इन्डोनेसियाको फुटबल लिग लिगा वानमा नेपालका स्टार रोहित चन्दले मंगलबार परसिताविरुद्ध गोल गरेका छन् । 

उनको गोलबाट परसिजा जाकार्ताले परसिताविरुद्ध अग्रता बनाएको थियो । रोहितले खेलको ३०औं मिनेटमा गोल गरेका थिए । तर, खेलको ४२औं मिनेटमा परसिता खेलमा फर्कियो ।

परसिताका लागि इरस्यात मौलानाले गोल गरेका थिए । लिगको छैटौं स्थानको परसिजा र सातौं स्थानको परसिताले बीच अहिल खेल भइरहेको छ ।

खेलको नतिजा अगाडिसम्म दुवै टोलीले समान पाँच खेलबाट ६ अंक बटुलेका छन् । साफ च्याम्पियनसिप खेल्न रोहित माल्दिभ्समा रहेको नेपाली टोलीसँग जोडिनेछन् ।