जिनेदिन जिदानले स्पेनिस ला लिगा महारथी

मड्रिड,जेठ १७,(एजेन्सी)
जिनेदिन जिदानले स्पेनिस ला लिगा महारथी रियाल मड्रिडले आफुमाथि विश्वास गुमाएकै कारण प्रशिक्षक पदबाट राजिनमा दिएको खुलासा गरेका छन् ।
केही दिन अघि मात्र जिदानले मड्रिडको प्रशिक्षक पदबाट राजिनमा दिएका थिए ।ला लिगाको साबिकको विजेता यस सिजन मड्रिडले कुनै पनि उपाधि जित्न सकेन ।
सन् २०१६ देखी २०१८ सम्म पनि जिदानले पहिलो पटक मड्रिडलाई प्रशिक्षण दिएका थिए ।त्यसक्रममा मड्रिडले लगातार तीन सिजन च्याम्पियन्स लिग जित्ने कीर्तिमान रचेको थियो ।साथै एक सिजन ला लिगाको समेत उपाधि जितेको थियो ।सन् २०१८ को मार्चमा क्लब छाडेका जिदान त्यसको १० महिनापछि पुन मड्रिडको प्रशिक्षको रुमपा फर्किएका थिए  । गत सिजन भने मड्रिडले ला लिगाको उपाधि जितेको थियो ।
म मड्रिडको प्रशिक्षकबाट अगल भएको छु तर प्रशिक्षण छोडेको छैन ।म प्रशिक्षण जीवनबाट थाकेको छैन,जिदानले भने, मलाई क्लबले मप्रतिको विश्वास गुमाएको महसुस भयो । त्यसैले क्लब छोड्ने निर्णयमा पुगे ।क्लब व्यवस्थापनको साथ र सहयोगविना दिर्घकालिन योजना बनाउन सम्भव छैन ।मैले फुटबल बुझेको छु ।म अब पनि शीर्ष क्लबकै प्रशिक्षणमा फर्किन्छु ।जब कुनै उपाधि जितिदैन क्लब छोड्नु नै राम्रो विकल्प हो ।
मैले मड्रिडमा धेरै उपाधि जितेको छु,जिदानले भने,त्यो भन्दा महत्वपूर्ण पक्ष भनेको मैले विगतमा क्लब व्यवस्थापनको विश्वास जितेको थिए ।तर अहिले मैले त्यो विश्वास गुमाइसके ।त्यही बुझेर मैले क्लब छाडेको हु ।क्लबको दिर्घकालिन योजना म बाधक बन्न चाहिन ।
गत सिजन मड्रिडलाई ला लिगाको उपाधि जिताएका जिदानले सम्झौता अबधी एक वर्ष बाकी हुदै पदबाट राजिनमा दिएका हुन् ।
मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पिरेजसँग मेरो भावननात्मक सम्बन्ध कायम छ,जुन नाम र पैसा भन्दा महत्वूर्ण छ,जिदानले भने म सधै उनीप्रति अभारी छु ।