सी डिभजन छनोटमा हालसम्म २१ टोली दोस्रो चरणमा

काठमाडौं, (खेलाडी)-  भदौ एक गतेदेखी सुरु भएको सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटमा आज (बिहिबार) सम्म २१ टोलीले छनोटको दोस्रो चरणमा स्थान बनाएका छन् । 

समूह चरणमा कुल ७८ टोलीको सहभागिता छ । सहभागी ७८ टोलीलाई २६ समूह विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टोली रहेका छन् । समूह विजेताले दोस्रो चरणमा स्थान बनाउने प्रावधान रहेको छ । 

हालसम्म सतासीधाम स्पोटर्स क्लब (समूह ए), समाज सेवा क्लब (समुह बी ), आर.सी ३२ क्लब (समूह सी), वेस्ट काठमाडौं फुटबल क्लब(समूह डी), अत्तरखेल युवा समाज(समूह ई), इमाडोल युवा क्लब (समूह एफ), राजधानी युवा क्लब( समूह जी ), मध्यपुर जागरुक युथ क्लब (समूह एच), दिव्यश्वरी फुटबल क्लब (समूह आई), गोलबजार स्पोटर्स क्लब (समूह जे), स्पोटर्स एकेडेमी साँगा (समूह के)) ले दोस्रो चरणको टिकट काटिसकेका छन् ।

त्यस्तै एमयुएफसी विजय चोक फुटबल क्लब (समूह एल), बुद्धभुमी फुटबल एकेडेमी (समूह एम), २८ विघा युवा क्लब( समूह एन), नयाँपाटी युवा क्लब (समूह ओ), हिमालय युवा क्लब (समूह पी), संयुक्त नमुना युवा क्लब (समूह क्यु¬), सत्य संसार रेले (समूह आर), छोर्गन फुटबल क्लब (समूह यु), सन्तोष फुटबल क्लब (समूह भी) र भ्याली इगल्स क्लब (समूह डब्लु) ले पनि दोस्रो चरणमा स्थान बनाइसकेका छन् ।

छनोट चरण अन्तर्गत समूह एस, समूह टी, समूह एक्स, समूह वाई र समूह जेड गरि पाँच समूहका खेलहरु भने बाँकी नै छन् ।