युभेन्टसको पहिलो जित 

मिलान, (खेलाडी)-  युभेन्टसले इटालियन सिरी 'ए' मा पहिलो जित हात पारेको छ ।

सिरी 'ए' मा बुधबार भएको खेलमा युभेन्टसले स्पेजियालाई ३ -२ ले हरायो ।

२८औं मिनेटमा मोइस केनको गोलमा युभेन्टसले अग्रता लिएको थियो । त्यसको पाँच मिनेटपछि नै इम्यानियोल ग्यासी स्पेजियालाई खेलमा फर्काएका थिए ।

४९औं मिनेटमा यानिस एन्टीस्टले स्पेजियाालई  २-१ को अग्रता अग्रता दिलाए ।

६६ र्आं मिनेटमा फेड्रिको केइसाले युभेन्टसलाई खेलमा फर्काए । ७२ औं मिनेटमा मटाइस डी लिटले युभेन्टसका अग्रता ३- १ मा पु¥याएका थिए ।

पाँच खेलमा एक जितका साथ  पाँच अंक मात्र जोडेको युभेन्टस १३औं स्थानमा उक्लिएको छ । स्पेजिया भने पाँच खेलबाट चार अंकका साथ १७औं स्थानमा छ ।