इङ्लिस प्रिमियर लिग

आर्सनल एभर्टनसँग पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा  लिग लिडर आर्सनल एभर्टनसँग १–० ले पराजित भएको छ ।

घरेलु मैदान गुडिसन पार्कमा एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले निर्णाय गोल गरे । तार्कोवस्कीले डिविग्ट म्याकनिलको पासलाई सदुपयोग गरेका थिए ।

यस जितसँगै २१ खेलमा १८ अंक जोडेको एभर्टन १७ औं स्थानमा उक्लिदै रेलिगेसन क्षेत्रबाट बाहिर आएको छ । हारका बाबजुत २० खेलमा ५० अंकका साथ आर्सनल शीर्ष स्थाानमा कायम छ ।

यही खेलमार्फत जर्जिनियोले आर्सनलका लागि डेब्यू गरेका छन् । जर्जिनियो उही जवरी ट्रान्फर विन्डोमा चेल्सीबाट आर्सनल अनुबन्ध भएका हुन् ।

यसैगरी एभर्टनका प्रशिक्षक सिन डिचेका लागि पनि यो पहिलो खेल हो ।  डिचे फ्रान्क लाम्पार्डको बर्खास्तीपछि एभर्टनको मुख्य प्रशिक्षमा नियुक्त भएका थिए ।

योसंगै डिचे प्रिमियर लिगको आफ्नो पहिलो खेलमा जित निकाल्ने दोस्रो प्रशिक्षक बनेका छन् । यसअघि सन् २००६ मा एलन कर्बिस्लेको पहिलो खेलमा वेस्टह्याम युनाइटेडले म्याचेस्टर युनाइटेडलाई पराजित गरेको थियो ।