ब्राजिल

रुस विश्वकपमा भन्दा यस पटक ब्राजिलको टोली उत्कृष्टः कासेमिरो

दोहा ।  कासेमिरोले २०१८ को रुस विश्वकपभन्दा ब्राजिलको टोली कतार प  विश्वकपमा थप बलियो रहेको बताएका छन् ।

कासेमिरोको निर्णायक गोलमा ब्राजिलले समूह जी मा  स्विट्जरल्यान्डलाई १-० ले हराउँदै एक खेल अगावै अन्तिम १६ को टिकट काटेको थियो 

नेइमारविना उत्रिएको ब्राजिलका लागि स्विट्जरल्यान्डको रक्षापक्ति तोड्न ८३ मिनेट सम्म कुर्नु परेको थियो । नेइमार सर्बियाविरुद्धको पहिलो खेलमा कुर्कुच्चाको चोटका कारण बाहिरिएका थिए । उनले सोही चोटका कारण स्विट्जरल्यान्डविरुद्धको खेल गुमाएका थिए । नेइमार क्यामरुनविरुद्ध समूह चरणको अन्तिम खेलमा पनि मैदान फर्कने सम्भावना न्युन रहेको छ ।

यसअघि दुई पटक विश्वकपको समूह चरणमा ब्राजिलको स्विट्जरल्यान्डसँग अंक बाँडेको ब्राजिल तेस्रो भेटमा भने जित निकाल्न सफल भएको हो । 

‘चार वर्ष बितिसकेको छ, नयाँ खेलाडी आएका छन् । यस पटक हामीसँग धेरै विकल्पहरु छन ,' कासिमिरोले भने,'सन् २०१८ मा भन्दा अहिले हामीसँग भएका वैकल्पिक खेलाडी पनि उत्कृष्ट छन् । टोलीमा युवा र अनुभवी खेलाडीको सन्तुलन मिलेको छ । हामी रुस विश्वकपमा भन्दा यसपटक निकै बलियो भएर आएका छौ ।'

क्यामरुनविरुद्ध समूह चरणको अन्तिम खेलमा एक अंक मात्र जोडे पनि ब्राजिल समूह जी को विजेता बन्नेछ । ब्राजिलको दुई खेलमा ६ अंक छ भने दोस्रो स्थानको स्विट्जरल्यान्डको को तीन अंक छ । समान खेलमा समान एक अंक जोडेका सर्बिया र क्यामरुनको समान एक अंक छ ।

समूह जी को विजेताले अन्तिम १६ मा समूह एच को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह एच मा दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानको पोर्चुगल अीन्तम १६ मा छनोट भैसकेको छ । अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरियाको सामना गर्नेछ भने घानाले उरुग्वेविरुद्ध खेल्नेछ । दोस्रो स्थानको घानाको दुई खेलमा तीन अंक छ भने उरुग्वे र दक्षिण कोरियाको समान एक अंक रहेको छ ।