समूह जी

क्यामरुनको उत्कृष्ट पुनरागमन

दोहा । दुई मिनेटको अन्तरमा दुई गोल गर्दै क्यामरुनले उत्कृष्ट पुरागमनमा सर्बियालाई ३–३ को बराबरीमा रोक्दै कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेशको सम्भावना कायम राखेको छ ।

अल जनुब स्टेडियममा जिन–चार्ल्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो । कास्टेलेटोको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । 

पहिलो हाफको इन्जुरी समयमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै सर्बियाले २–१ को अग्रता लिएको थियो । 

इन्जुरी समयको पहिलो मिनेटमा स्ट्रहिन्जा पाभ्लोभिचले गोल गर्दै सर्बियालाई खेलमा फर्काएका थिए ।  त्यसको दुई मिनेटपछि मिलान्कोभिच साभिचले गोल गर्दै सर्बियालाई २–१ को अग्रता दिलाए ।

५३ औं मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३–१ ले अघि बढ्यो ।

६४ औं मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितीमा ल्याएका थिए । त्यसको दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा फर्काएक थिए ।

समूह जी मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छ । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ । 

पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए । 

क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।