साउदी अरेबिया

चोटका कारण साउदी अरेबियाका अल फराज बाहिरिए

दोहा । खुट्टाको चोटका कारण साउदी अरेबियाका कप्तान सलमान अल-फराजले कतार विश्वकप २०२२ का बाँकी खेल गुमउने भएका छन ।

समूह सी मा रहेको साउदी अरेबियाले पहिलो खेलमा उपाधि दाबेदार मानिएको अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो । दोस्रो खेलमा भने साउदी अरेबियाले पोल्यान्डलाई नतिजा सुम्पिएको थियो । 

दुई खेलबाट तीन अंक जोडेको साउदी अरेबियाको समूह चरण पार गर्ने सम्भावना जीवितै छ  । अन्तिम खेलमा साउदी अरेबियाले मेक्सिकोको सामना गर्दैछ । मेक्सिकोले भने दुई खेलमा मात्र एक अंक जोडेको छ । शीर्ष स्थानको पोल्यान्डको चार अंक छ भने अर्जेन्टिनाको दुई अंक छ । 

उनी अर्जेन्टिनाविरुद्धको खेलमा घाइते भएका थिए । अल-फराजले चोटकै कारण पोल्यान्डविरुद्धको खेल गुमाएका थिए ।

उनले साउदी अरेबियाबाट ७१ खेल खेलेका छन् ।