माेराेक्काे

बेल्जियम मोरोक्कोसँग स्तब्ध

दोहा । साबिरी र अबुखालकाे समान एक  गोलमा मोरोक्कोले आइतबार बेल्जियमलाई १-० ले स्तब्ध पारेको छ । 

कतारमा जारी विश्वकप २०२२ अन्तर्गत समूह एफ को खेलको ७३औं मिनेटमा साबिरस्ले गरेको गोलमा मोरोक्कोले अग्रता लिएको थियो । इन्जुरी समयको दोस्रो मिनेटमा अबुखालले मोरोक्कोको अग्रता दोब्बर पारेका थिए । यससँगै मोरोक्कोले अन्तिम १६ प्रवेशको सम्भावना बलियो पारेको छ ।

समूह एफ मा दुई खेलमा चार अंकसहित मोरोक्को शीर्ष स्थानमा छ भने समान खेलमा दोस्रो स्थानको बेल्जियमको तीन अंक छ । तेस्रो स्थानको क्रोएसियाको एक अंक छ भने चौथो स्थानको क्यानडा अंकविहिन छ ।

सन् १९८६ पछि पहिलो पटक विश्वकपको नकआउट चरण प्रवेशको संघारमा रहेको मोरोक्कोले समूह चरणको अन्तिम खेलमा क्यानडासँग अंक बाँडे मात्र पनि पर्याप्त हुनेछ । मोरक्कोले पहिलो खेलमा गत संस्करणको उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको थियो ।

यसअघि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हाकिमी जिएचले गोल गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भएको भन्दै मान्यता नदिन मोरोक्को निराश भएको थियो ।

सन् २०१८ को विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको बेल्जियमका लागि भने अन्तिम १६ प्रवेशका लागि अन्तिम खेलमा क्रोएसियाविरुद्ध जित निकाल्न बाहेकको विकल्प नुहन सक्छ ।

क्यानडाविरुद्ध १–० को जितसहित प्रतियोगितामा सुखद सुरुआत गरेको बेल्जियमले दोस्रो खेलमा जित लय कायम राख्न सकेन ।