समूह एफ

पहिलो हाफमा बेल्जियम र मोरोक्कोको गोलरहित बराबरी

दोहा । बेल्जियम र मोरोक्कोले कतार विश्वकप २०२२ अन्तर्गत समूह एफ को खेलको  पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हाकिम जिएचले गरेको गोल भिडियो सहायक रेफ्री (भिएआर)ले अफसाइड भएको भन्दै मान्यता नदिएपछि मोरोक्को निराश भएको थियो ।

क्यानडामाथि १-० को जितसहित सुखद सुरुआत गरेको बेल्जियम शतप्रतिशत नतिजाका साथ अन्तिम १६ मा स्थान बनाउन चाहन्छ । सन् २०१८ को रुस विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको बेल्जियम त्यही प्रदर्शन दोहोर्याउँदै उपाधिसम्म पुग्न चाहन्छ ।\

यता गत संस्करणको उपविजेता क्रोएसियालाई गोलरहित बराबरीमा रोकेको मोरोक्को बेल्जियमलाई स्तब्ध पादैै समूह चरण पार गर्ने सम्भावना कायम राख्न चाहन्छ ।

सन् १९८६ को विश्वकपको अन्तिम १६ मा प्रवेश गरेयता मोरोक्कोले समूह चरण पार गर्न सकेको छैन ।