समूह इ

कोस्टारिकासँग जापान निराश

दोहा । रक्षक केस्पर फुलर स्पिन्सको एक मात्र गोलमा जापानमाथि १-० को जितसहित कोस्टाररिकाले कतार विश्वकप २०२२ को नकआउट चरण प्रवेशको सम्भावना जीवित राखेको छ ।

समूह इ को पहिलो खेलमा स्पेनसँग ७-० को लस्जास्पद हार व्यहोरेको कोस्टारिकाले आइतबार भने जापानविरुद्ध जित निकाल्यो ।८१औं मिनेटमा स्पिन्सले कोस्टारिकाका  लागि गोल गरेका थिए ।

समूह इ मा स्पेन एक खेलमा तीन अंकसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थान र तेस्रो स्थानको कोस्टारिकाको समान दुई खेलमा समान तीन अंक छ । एक खेल मात्र खेलेको जर्मनी अंकविहिन छ ।

आज राती हुने स्पेनविरुद्धको खेलमा नतिजा सुम्पिएमा जर्मनी समूह चरणबाट बाहिरिने छ । जर्मनीको जित वा बराबरीको नतिजाले भने समूह इ बाट नकआउट चरण प्रवेश गर्ने दौडमा चारवटै टोली रहनेछन् । 

पहिलो खेलमा जर्मनीमाथि २–१ को पुनरागमनम जित निकालेको जापानले कोस्टारिकाविरुद्ध भने सो नतिजा दोहोर्याउन सकेन ।

सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा भने समूह चरणबाट बाहिरिएको थियो । यता जापानले भने १६ सम्मको यात्रा तय गरेको थियो ।