समूह इ

पहिलो हाफमा जापान र कोस्टारिकाको बराबरी

दोहा । जापान र कोस्टारिकाले कतार विश्वकप २०२२ अन्तर्गत समूह इ को खेलकाे पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् । 

पहिलो खेलमा जर्मनीमाथि २-१ को पुनरामगन जित निकालेको जापान सोही लय कायम राख्दै अन्तिम १६ प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ । 

यता पहिलो खेलमा स्पेनविरुद्ध ७-० को लज्जास्पद हार व्यहोरेको कोस्टारिका भने जापानमाथिको जितसहित समूह चरण पार गर्ने सम्भावना कायम राख्न चाहन्छ । 

जापानसँगको हारले कोस्टारिकाको कतार विश्वकप यात्रा समूह चरणमा सीमित हुनेछ । 

सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको कोस्टारिका २०१८ मा भने समूह चरणबाट बाहिरिएको थियो ।

जापानले भने २०१८ को रुस विश्वकपको अन्तिम १६ काे यात्रा तय गरेकाे थियाे ।