कतार

पहिलो हाफमा अस्ट्रेलियालाई अग्रता

दोहा । कतारमा जारी विश्वकप २०२२ अन्तर्गत जारी  खेलको पहिलो हाफमा अस्ट्रेलियाले ट्युनिसियाविरुद्व १–० को अग्रता  लिएको छ ।

अल जनुब स्टेडियमा खेलको २३ औं  मिनेटमा मिचेल ड्युकले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका हुन ।

समूह डी मा रहेका दुवै टोली पहिलो जितको खोजिमा छन् ।

यसअघि पहिलो खेलमा अस्ट्रेलिया साबिकको विजेता फ्रान्ससँग ४–१ ले पराजित भएको थियो भने ट्युनिसियाले डेनमार्कसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । ट्युनिसियासँगको हारले अस्ट्रेलिया समूह चरणबाटै बाहिरिने छ । 

समूह डी मा आजै हुने अर्को खेलमा फ्रान्स र डेनमार्क भिड्दैछन् ।