कतार विश्वकप २०२२

पहिलो हाफमा जर्मनीको अग्रता

काठमाडौं । इके गुन्डोगानको गोलमा चार पटकको विश्व च्यामिपयन जर्मनीले कतार विश्वकप २०२२ को आफ्नो पहिलो खेलमा जापानविरुद्ध मध्यान्तरसम्म १-० को अग्रता लिएको छ ।

समूह ‘ई’ अन्तर्गत दोहाको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा जापानी गोलकिपर सुइची गोन्डाले डेविड राउमलाई लडाएवापत प्राप्त पेनाल्टीमा जर्मनीका लागि गुन्डोगानले गोल गर्दै ३४औं मिनेटमा अग्रता दिलाएका थिए ।


काई हार्भाट्जको गोलमा जर्मनीले इन्जुरी समयमा अग्रता दोब्बर पारेको थियो । तर भिडियो सहायक रेफ्री (भिएआर)ले उनी अफसाइड पोजिसनमा रहेको देखाएपछि जर्मनीको गोल अस्वीकृत भएको थियो ।

समूह ‘ई’अन्तर्गतको अर्को खेलमा आजै राति ९ः४५ बजे पूर्व च्याम्पियन स्पेन र कोस्टारिकाबीच खेल हुनेछ ।