ह्यारी केन

केनको घुँडाको परिक्षण गरिदैं

लन्डन । इङ्ल्यान्डका कप्तान ह्यारी केनको घुँडाको चोटको आज परिक्षण गरिने भएको छ ।

 केनले सोमबार समूह ‘बी’ मा इरानमाथि ६–२ को प्रभावशाली जित निकालेको खेलमा दोस्रो हाफको सुरुवातमै मैदान छाडेका थिए । 

उनलाई कालुम विल्सनले प्रतिस्थापन गरे । आज उनको स्क्यान गर्दै चोट कती गम्भिर हो भनेर पत्ता लगाइने एफएले जनाएको छ ।

केनको यो चोटले मुख्य प्रशिक्ष गाारेथ साउथगेटलाई चिन्तित बनाएको छ । उनले केनको स्क्यान नतिजा सकारात्मक हुने आशा राखेका छन् । 

मिडफिल्डर जेम्स म्याडिसनले घुँडाको समस्याका कारण इरानको खेल गुमाउँदा डिफेन्डर ह्यारी मग्वायरले पनि असहज महसुस गरेका थिए । विल्सन बुधबार टोलीको प्रशिक्षणमा भने सामले भएका थिएनन् । उपाधि दाबेदार मानिएको

इङ्ल्यान्डले आफ्नो दोस्रो खेलमा शुक्रबार अमेरिकाको सामना गर्दैछ ।