क्रिस्टियानो रोनाल्डो

रोनाल्डोले नाइजेरियाविरुद्धको खेल गुमाउने

दोहा । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले अस्वस्थताका कारण स्ट्राइकर क्रिस्टियनो रोनाल्डोले बिहीबारका लागि तय नाइजेरियाविरुद्धको अभ्यास खेल गुमाउने बताएका छन् ।

सान्तोषले म्यानचेस्टर युनाइटेडबारे रोनाल्डोले हालै दिएको  अन्तरवार्ताको बारेमा  प्रतिक्रियाका दिन अस्विकार गरे ।

‘पेटको समस्याका कारण रोनाल्डो आज प्रशिक्षणमा सहभागी भएनन’, सान्तोषले भने,' त्यसैले नाइजेरियाविरुद्धको अभ्यास खेलमा उनी टोलीमा हुनेछैनन । रोनाल्डोले हामीलाई उनले युनाइटेड र प्रशिक्षक इरिक टेन हागको बारेमा दिएको अन्तरवार्ताको बारेमा केही बताएका छैनन । उनी आफ्नो क्लब भविष्यबारे निर्णय लिन स्वतन्त्र छन् । म रोनाल्डोले अहिले प्रशिक्षणमा कस्तो प्रदर्शन गर्छन भन्नेमा केन्द्रित छु । उनीबारे भैरहेको आलोचनाको बारेमा होइन । '

समूह ‘एच’ मा रहेको पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्धको खेलसँगै कतार विश्वकप २०२२ मा आफ्नो यात्राको सुरुआत गर्नेछ । समूह ‘एच’ मा पोर्चुगल र घानासँगै उरुग्वे र दक्षिण कोरिया रहेका छन् ।