मेक्सिको

जिमिनेजलाई समेट्दै मेक्सिकोको टोली घोषणा

दोहा । मेक्सिकोले चोटका कारण लामो समयदेखी मैदान बाहिर रहेका स्ट्राइकर राउल जिमिनेजलाई समेट्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ ।

जिमिनेज अगस्ट देखी ग्रोइन इन्जुरीका कारण मैदानबाहिर रहँदै आएका छन् । उनले यस सिजन उल्भरहमटनबाट मात्र चार खेल खेलेका छन् । 

हाल जिमिनेज मेक्सिकोमै उपचार गराइरहेका छन् । मेक्सिकोले गत बुधबार इराकविरुद्धको मैत्रिपूर्ण खेलमा पनि जिमिनेजलाई टोलीमा राखेको थियो ।

जिमिनेजले मेक्सिकोबाट ९४ खेलमा २९ गोल गरेका छन् । 

मेक्सिकोको टोलीः

गोलकिपरः ग्युलेर्मो ओचाओ,अल्फेर्डो तालाभेरा, रोडोल्फ कोटा

रक्षकः जर्ज सान्चेज, केभिन अल्भारेज, नेस्टर अराउजो, योहान भाजक्वेज, हेक्टर मोरेनो। सेजर मोन्टेस, जेरार्डो अर्टेगा, जिजस गलार्दो

मिडफिल्डःआन्द्रेज ग्वार्डाडो, हेक्टर हरेरा, चार्ली रोर्डिग्वेज, इरिक ग्युटेरेज, लुइस चाभेज, इडसन अल्भारेज, ओर्बिलिन पियन्डा, लुइस रोमो

स्ट्राइकरः एलेक्स भेगा, हार्भिङ लोरेन्जो, राउल जिमिनेज, रोबेर्टो अल्भार्डो,हेनरी मार्टिन, रोगिलो फ्युनेस मोरी