कतार विश्वकप

फुटबलमा मात्र केन्द्रित हुन लोरिसको आग्रह

पेरिस । साविकको विजेता फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले कतार विश्वकप २०२२ सुरु हुन एक साता भन्दा कम समय बाँकी रहे पनि त्यहाँको मानव अधिकारको स्थितीलाई लिएर भैरहेको विरोध भन्दा पनि खेलाडीहरुले फुटबलमा मात्र केन्द्रित हुनुपर्ने बताएका छन् ।

यद्धपी लोरिसले मानव अधिकारको विषय संवेदनसिल विषय भएकाले त्यसलाई पूर्णरुपमा बहिस्कार भने गर्न नसकिने पनि बताए ।

सन् २०१० मा विश्वकप २०२२ आयोजनाको अधिकार पाएको कतारले रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारहरुको मानव अधिकारमा ध्यान नलिएको भन्दै उनीहरुको आलोचना हुँदै आएको थियो । 

आइतबार कतार र इक्वेडरबीचको खेलसँगै कतार विश्वकप २०२२ सुरु हुनेछ । विश्वकप सुरु हुन केही दिन मात्र बाँकी रहँदा कतारले समलिंगी विवाहलाई कानुनी मान्यता दिएपछि थप आलोचना भैरहेको छ । 

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पनि केही साता अघि विश्वकपमा सहभागी ३२ वटै राष्ट्रलाई पत्र काट्दै अन्य विषयमा भन्दा पनि फुटबलमा मात्र केन्द्रित हुन आग्रह गरेका थिए ।

‘जब फ्रान्समा कोही पर्यटक आउँछ, हामी उनीहरुले हाम्रो नियम कानुनको पूर्णरुपमा पालना गरोस् भन्ने चाहन्छौ’,लारिसले भने, कतार भ्रमणमा जाँदा मैले पनि त्यहाँको नियम कानुन अनुसार चल्नुपर्छ । मेरा लागि अरुले के माग गरिरहेका छन् र कस्तो कानुन हुनुपर्छ भन्ने कुराले अर्थ राख्दैन । मेरो टोलीको पनि यही बुझाइ छ । अहिले हामी फुटबल खेल्न आएका हौ र खेलमै मात्र केन्द्रित छौ । अन्य विषयमा विश्व फुटबलको महाकुम्भपछि पनि चर्चा गर्न सकिन्छ । अनावश्यक चर्चाले खेलाडीमाथि दबाब बढाउँछ ।'