इरान

इरानको टोली घोषणा

दोहा । इरानका प्रशिक्षक कार्लोस क्वेरेजले पूर्ण रुपमा फिट नभए पनि स्ट्राइकर सरदार अज्मोनलाई समावेश गर्दै कतार विश्वकप २०२२ का लागि २६ सदस्यीय टोलीको घोषणा गरेका छन् । 

बायर लेभरकुशनका स्ट्राइकर अज्मोन च्याम्पियन्स लिगअन्तर्गत एफसी पोर्टोविरुद्धको खेलमा घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो । 

यता ग्रोइन इन्जुरीका कारण मिडफिल्डर ओमिद इब्राहिमले भने टोलीमा स्थान बनाउन सकेनन ।

इरानले नोभेम्बर २१ मा इङल्यान्डविरुद्धको खेलसँगै कतार विश्वकप यात्राको सुरुआत गर्नेछ । 

समूह बी मा रहेको इरानले नोभेम्बर २५ मा वेल्सविरुद्ध दोस्रो खेल खेल्छ भने नोभेम्बर २९ मा अमेरिकाविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नेछ ।

इरानको टोलीः 

गोलकिपरः अलीरेजा बेइरानभान्ड, आमिर अवेदजादे, सइद हुुसैन हुसैनी, पेयाम नियाज्मान्ड

रक्षकः  इसान हज्साफी, मोर्टेजा पौरालीगान्जी, राहिम रेजायन, मिलाद मोहमादी, हुसैन कानीजादेगान, सोजा खालिलजाहिद, सागेद मोहारामी, रौजेब, माजिद हुसैन, अबोलफाज जलाली

मिडफिल्डरःअहमद नोराल्ही, समान घोदोस, वाहिद आमिरी, साहिल इजातोलाही, अलीरेजा जहानवास्क, मेहदी तोराबी, अली गोलीजादेह, अली कारीमी

स्ट्राइकरः करिम अन्सारीफार्द, सरदार अज्मोन, मेहदी तारेमी