खेलाडी सम्मान

लोकतान्त्रिक खेलकुदद्वारा खेलाडी सम्मानित

काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार एक कार्यक्रमकाको आयोजना गरेर नवौं राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडीहरूलाई सम्मान गरेको छ ।

संघका केन्द्रिय सविच मनिष जोशीको सभापतित्वमा आयोजना भएको खेलाडी सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथी पूर्व कानून, न्याय तथा संसदिय विकास मन्त्री एव नेपाली काँग्रेसमा गणतन्त्रका बाहक नरहरी आचार्य तथा विशिष्ट अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं काठमाण्डौ क्षेत्र नं. ५ का प्रतिनिधी सभाका उम्मेदवार प्रदीप पौडेलले विभिन्न खेलमामा सहभागी भई पदक प्राप्त गर्ने उत्तरभेगीय खेलाडीहरुलाइ सम्मान पत्रले सम्मान गरेका हुन् ।

बुढानिलकण्ठ तथा टोखा नगरापलिका खेलकुद संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभन्न खेलकुदका ३५ सहित पूर्व खेलाडीहरु तथा पर्वातारोही पत्रकार पूर्णिमा श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । जसमा पूर्व क्रिकेट खेलाडी पारस खड्का समेत रहेका थिए । तर कार्यक्रममा खड्काको उपस्थिती थिएन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी आचार्यले खेलाडीहरुले जीवनको उर्जासिल समय दिएर खेलकुदको लागि जुन मेहनत गरेका छन् त्यसले कालान्तरमा देशकै इज्जत बढाउने बताए । आचार्यले विश्व खेलमञ्चमा राष्ट्रलाई पहिचान गराउने खेल क्षेत्रमात्र रहेको बताए । यसका लागि आगामी दिनमा नेपाली काँग्रेसले महत्वपूर्णका साथ हेर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अतिथी पोडैलले आगामी दिनमा खेलाडीहरुले हाम्रो क्षेत्रबाट निर्वाचित नेतृत्व खेलकुद र विकासका अनुयायी हुन् भन्ने विचार गर्भका साथ भन्न सक्ने बातावरण आफुले बनाउने बताए ।