नेपाल क्रिकेट संघ

क्यान कार्यवाहक सचिवमा पाठक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय सदस्य दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको छ ।

पोखरामा मंगलबारबाट सुरु भएको क्यानको बोर्ड बैठकले कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले राजिनामा दिएपछि दुर्गाराजलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

नेपाल टी २०  लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका प्रशान्तले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका थिए ।

बुधबार प्रशान्तकाे राजीनामा स्वीकृत भएसँगै दुर्गाराजले कार्यवाहक सचिवको जिम्मेवारी प्राप्त गरेका हुन् ।

गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।