नेपाली क्रिकेट

मिथिला कपः छिन्नमस्तालाई हराउँदै कलैया सेमिफाइनलमा

काठमाडौं । तृतराज दासको अलराउन्ड प्रर्दशनप्ररित कलैया क्रिकेट क्लब बारा सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि २० क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

मंगलबार बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनामा केसीसीले छिन्नमस्ता स्पोर्टस एकेडेमी सप्तरीलाई सात  विकेटले पराजित गरेको हो।

छिन्नमस्ताले प्रस्तुत गरेको ६२ रनको सामान्य लक्ष्य कलैयाले ७.३ ओभरमातीन  विकेट गुमाउँदै भेट्टायो ।

कलैयाको लागी राष्ट्रिय यु- १९  टोलीका सदस्य तृतराजले १६ बलमा ३ चौका र ४ छक्का मद्दतले ४१ रन बनाए । अरनिको यादवले अविजित १० रन बनाए।  

छिन्नमस्ताका  लागि तीनै विकेट विकास दासले लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको छिन्नमस्ताले १७.१ ओभरमा  सबै विकेट गुमाउँदै ६१ रनको योगफल तयार पारेको थियो ।  छिन्नमास्ताका लागि सुमित श्रेष्ठले सर्वाधिक २० रन तथा राहुल मण्डलले १६ रन बनाए।

कलैयाका तृतराजले  तीन भुलावन सहानीले दुई  तथा पवन सर्राफ, मन्नु हवारी, अरनिको यादव र निकेश गुप्ताले समान विकेट लिए।

युवा शक्ति क्लबद्वारा आयोजित नक आउट प्रतियोगितामा १६ टोली सहभागि छन्। प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ।