नेपाल टी २० लिग

सेभने थ्री स्पोर्टसद्धारा नेपाल टी २० लिगको सम्झौता रद्द

काठमाडौं । भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसले नेपाल टी २० लिगको सम्झौता रद्ध गरेको घोषणा गरेको छ ।

नेपाल टी २० लिगको रणनीतिक तथा व्यावसायिक साझेदार सेभेन थ्री स्पोर्टसले  सम्झौता रद्ध गरेको पत्र नेपाल क्रिकेट संघ क्यानलाई पठाएको हो ।

सेभेन थ्रीका मालिक जतिन अहलुवालियाले क्यानलाई मंगलबार पत्र पठाएको पुष्टी गरे । उनले राष्ट्रिय खेलकुद परिषदलाई पनि पत्र पठाएको र आफ्नो कानूनी टिमले यसबारे थप काम गर्ने बताए ।

क्यान र सेभेन थ्री स्पोर्टसबीच नेपाल टि २० लिग आयोजना गर्न आठ वर्षका लागि ३३ करोड रुपैयाँ दिने सम्झौता भएको थियो ।

नेपाल टि २० लिगमा केहि फ्रेन्चाइज टोलीको मालिक पहिचान नभएको, म्याच र स्पट फिक्सिङ, खेलाडीले समयमै पैसा नभएको, अपार्दशिता लगायत विभिन्न विवाद उत्पन्न भएका थिए । नेपाल टि२० लिग विवादलाई लिएर नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) ले छानविन गरिरहेको छ ।

पुस ९ देखि २७ सम्म आयोजना भएको नेपाल टी २० लिगमा भएको खेल मिलेमातो र स्पट फिक्सिङमा सेभेन थ्री स्पोर्टसकै प्रत्यक्ष संग्लग्नता रहेको  सिआइबीले सार्वजनिक गरिसकेको छ ।

स्पट फिक्सिङको आरोपमा नेपाली क्रिकेट टोलीका अलराउन्डर आदिल अन्सारी  र पूर्व क्रिकेटर मेहबुब आलम प्रकाउ परेका छन् । सिआईबीले क्यान र सेभेन थ्री स्पोर्टस दुवैमाथि अनुसन्धान गरि रहेको छ ।