अफ्रिदी बिहीबार नेपाल आउदै

काठमाडौं, (खेलाडी)- एभरेस्ट प्रिमियर लिग (इपिएल) का लागी पाकिस्तान पूर्वकप्तान साहिद अफ्रिदी बिहीबार काठमाडौं आउदै छन् । 

अफ्रिदी बिहीबार दिउँसो  ३ बजेर ५ मिनेटमा कतार एयरवेजको फ्लाइटबाट काठमाडौ आउन लागेका हुन् ।

इपिएलमा उनले काठमार्डौ किग्स इलाभेनबाट खेल्नेछन् ।

इपिएलको चौथो संस्करण शनिबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

(अपडेट गरिएको समाचार)