विराटले आरसिबीको कप्तानी छाड्दै

नयाँ दिल्ली, (खेलाडी)- जारी सिजनको अन्त्यसँगै विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) टोली रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) को कप्तानबाट राजिनामा दिने घोषणा गरेका छन् ।

कोहलीले आइतबार ट्विट गर्दै यस सिजनको आइपिएल पछि आरसीबीको कप्तानीको जिम्मेबारीबाट हट्ने जनाएका हुन् ।

‘आरसीबीको कप्तानका रुपमा यो मेरो अन्तिम आइपिएल हुनेछ, कोहलील ट्विटरमा उल्लेख गरेका छन्, ‘म आफ्नो अन्तिम आइपिएल खेल खेल्दासम्म आरसीबीको खेलाडी रहने छु । म प्रति विश्वास गर्ने र मलाई समर्थन गर्नुुहुने आरसीबीका सबै समर्थकलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।’


गत साता मात्र कोहलीले युनाइटेड अरब इमिरेट्स (युएइ) र ओमानले संयुत्त रुपमा आयोजना गर्ने  ट्वान्टी २० विश्वकपपछि भारतीय ट्वान्टी २० टोलीको कप्तान पदबाट राजिनामा दिएका थिए ।