सुखद अन्त्यको लक्ष्यमा नेपाल

काठमाडौं, (खेलाडी)- आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले आज आयोजक ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार ४ः१५ बजेबाट सुरु हुनेछ । 

ओमान विरुद्धको पहिलो खेल गुमाएको नेपाल त्यसको बदला लिँदै शृंखलामा सुखद अन्त्यको लक्ष्यमा हुनेछ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकामाथी पाँच विकेटको जित निकालेको थियो ।  त्यस्तै मंगलबार भएको शृंखलाको दोस्रो खेलमा भने नेपाल ओमानविरुद्ध पाँच विकेटले पराजित भएको थियो । शुक्रबार भएको अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । 

लिगमा सात खेलबाट ६ अंक जोडेको नेपाल छैटौं स्थानमा छ भने १२ खेलबाट २० अंक जोडेको ओमान तालिकाको शिर्ष स्थानमा छ ।