अमेरिकाविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल 

काठमाडौं, (खेलाडी)- आइसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिदेशीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्यााटिङ गर्ने भएको छ । 

अमेरिकाविरुद्धको खेलसँगै गुल्सन झाले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गर्ने भएका छन् । उनले विक्रम सोबको स्थानमा पहिलो पटक टोलीमा स्थान बनाएका हुन् ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा अमेरिकाले टस जितेर बलिङ रोजेको हो ।

पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

यता अमेरिकाले भने नेपाल र ओमानलाई नतिजा सुम्पिएको थियो ।