दिल्लीको कप्तानीमा पन्तको निरन्तरता

नयाँ दिल्ली, (खेलाडी)- इन्डियन प्रिमियर लिग (आइपिएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले टोलीको कप्तानको जिम्मेवारीमा ऋसभ पन्तलाई नै निरन्तरता दिने निर्णय गरेको छ । 

दिल्लीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताका लागी कप्तानको भुमिकामा पन्त नै रहने जानकारी दिएको हो । यसअघि पुर्व कप्तान श्रयस ऐयरको अनुपस्थितिमा दिल्लीले कप्तानको जिम्मेवारी विकेटकिपर ब्याट्सम्यान ऋसभ पन्तलाई दिएको थियो । 

चोट लागेपछि कोभिड १९ का कारण प्रतियोगिता स्थगित हुनुअघिका खेलहरु गुमाएका ऐयर मैदान फर्किने भएपछि दिल्लीले कसलाई कप्तानको जिम्मेवारी दिन्छ भन्ने दुविधा देखिएको थियो । 

मे चारमा स्थगित भएको आइपिएल सेप्टेम्बर १९ बाट युनाइटेड अरब इमिरेट्स (युएई) मा पुनः सञ्चालन हुदैछ । दिल्लीको खेल २२ अक्टोबरमा सनराइजर्स हैदराबादविरुद्ध छ ।